एशियन लाइफ इन्स्योरेन्सकाे १०.५२ प्रतिशत लाभांश घाेषणा
काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने घाेषणा गरेकाे हाे ।
जस मध्येमा कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
















