नेशनल लघुवित्तको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा बुधबार बनेपा स्थित अरनिको पार्टी प्यालेसमासफलतापूर्वक सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०८१÷०८२ को नाफाबाट शेयरधनीहरुलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।
सभाले आ.व.२०८१÷८२ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको बित्तीय विवरणहरु पारित गरेको छ ।
२०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी बनेको नेशनल लघुवित्त वित्तीय संस्था बाह्रौ वर्षमा सफलतापूर्वक प्रवेश गरी २०८२ असोज सम्ममा देशका सात वटै प्रदेशका ७४ जिल्लामा १८५ वटा शाखा कार्यालय मार्फत २ लाख ५३ हजार विपन्न परिवार मध्ये १ लाख २२ हजार ऋणीहरुलाई करिव २६ अर्ब कर्जा र करिव ६ अर्ब ५० करोड बचत परिचालन गर्न सफल भएको छ ।
सभामा ८ लाख ७४ हजार ४४३ कित्ता साधारण शेयर प्रिमियममा सम्वन्धित निकायवाट स्वीकृति लिई सार्वजनिक निष्काशन ९एफपीओ० को माध्यमवाट शेयर जारी गरी बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पुंजी मध्येबाट संस्थापक समुह तर्फ १० प्रतिशत शेयर नियमनकारी निकायहरुबाट स्वीकृति लिई सर्वसाधारण शेयरमा कन्भर्सन गर्ने प्रस्ताव पारित भएको छ ।
संस्थाले ग्राहकको हक हितलाई संरक्षण र सम्वद्र्धन गर्दै उद्यमशिलता विकाश, वित्तीय साक्षरता र प्रबिधिको उच्चतम प्रयोगमा विशेष जोड दिदै अगाडि वढने योजना रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादवले बताए ।













