नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश घाेषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश घाेषणा



काठमाडाैं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे हाे ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्