इन्फिनिटी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमडाौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को नवौं वार्षिक साधारण सभा संस्थाको अध्यक्ष वष्णुु कुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २०८२ पौष ३० गते बुधबार सम्पन्न भयो ।
उक्त साधारण सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा संचालन गनुका साथै उनले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गरे ।
यस साधारण सभाले मुख्यतया आर्थिक वर्ष २०८१।८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशन सम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८२।८३ को लागी लेखारीक्षकको नियुक्ति, सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो । साथै यस सभाबाट निर्वाचन अधिकृत कृष्ण प्रसाद खनाल द्धारा आगामि कार्यकालका लागि विष्णु कुमार घिमिरे, राम कृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सीना निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएका छन् ।
सभाको अन्त्यमा उपस्थित सम्पुर्ण सञ्चालक, अतिथि तथा शेयरधनिहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो ।













