शेयर बजार ३१ अङ्कले बढ्यो, झण्डै साढे ८ अर्ब रुपैयाँको कारोबार - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

शेयर बजार ३१ अङ्कले बढ्यो, झण्डै साढे ८ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । अघिल्ला दुई कारोबार दिन सामान्य अंकले बढेको सेयर बजारमा यसदनि उत्साह देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६ सय ७२ दशमलव ५५ बिन्दुमा रोकिएको छ ।

नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि बढेकाे छ। आज ३३८ कम्पनीकाे १ कराेड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० कराेड २७ लाख ९७ हजार रूपैयाँका काराेबार भएकाे छ।

अघिल्लाे काराेबार दिन ३ सय २० वटा कम्पनीका १ करोड २५ लाख कित्ता शेयर ६ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज सबै समुहकाे सेयरमा हरियाली छाएकाे छ। यसदिन फाइनान्स समुह सर्वाधिक ५.७३, विकास बैंक ३.०३, उत्पादन तथा प्रशाेधन २.४२, हाेटल तथा पर्यटन २.०२, माइक्राेफाइनान्स १.३१ र जीवन बीमा समुह १.२५ प्रतिशतले बढेकाे छ ।

आज २२४ कम्पनीकाे सेयर मूल्य बढेकाेमा सागर डिष्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुर्खाज फाइनान्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

दाेहाेराे अंकले बढेकाे बजारमा थ्रीस्टार हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक ८.७८ प्रतिशत घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्