देश निर्वाचनमा होमिएसँगै शेयर बजारमा देखियो रौनक, ४२ अंकले बढ्यो नेप्से
काठमडौं । आज शेयर बजारमा रौनक छाएको छ । देश निर्वाचनमा होमिएपछि शेयर बजारमा रौनक आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२ अंकले बढेको छ ।
बजार बन्द हुँदा नेप्से १.५८ प्रतिशतले बढेर परिसूचक २७१४.८१ विन्दुमा पुगेको छ ।
आज दिनभरमा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको २ अर्ब ५१ करोड ८५ लाख ६४७ कित्ता शेयर कारोबार भएको छ ।
आज २२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३३९ वटा कम्पनीको शेयर १ लाख १५ हजार १८१ पटक किनबेच भएको छ ।













