देवघाट वृद्धाश्रममा विशेष कार्यक्रम गरी मनायो इन्फिनिटी लघुवित्तले नवौं वार्षिकोत्सव - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

देवघाट वृद्धाश्रममा विशेष कार्यक्रम गरी मनायो इन्फिनिटी लघुवित्तले नवौं वार्षिकोत्सव



काठमाडौं । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्य गरी मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाट स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू तथा उक्त वृद्धाश्रमका व्यवस्थापन तथा वृद्धवृद्धा आमा बुवाहरुको उपस्थिति रहेको थियो । आश्रम व्यवस्थापन समितिले इन्फिनिटी लघुवित्तले देखाएको यो मानवीय सेवा र सद्भावप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।


प्रतिक्रिया दिनुहोस्