एक दिन पनि टिकेन शेयर बजारको हरियाली, आज नेप्से ९ अंकले घट्यो
काठमाडौं । हिजो मंगलबार देशभर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी गर्दा गर्ने दिन शेयर बजारमा उत्साह देखिएको थियो । तर उक्त उत्साह भने एक दिन पनि टिक्न भने सकेको छैन ।
आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४३ अंकले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २७०५.३८ विन्दुमा आएको छ ।
आज दिनभरमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार ७६६ पटक शेयर किनबेच भएको छ ।













