पशु सेवा तालिम केन्द्रले दियो व्यवसायिक गाई तथा कुखुरा पालन तालिम - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

पशु सेवा तालिम केन्द्रले दियो व्यवसायिक गाई तथा कुखुरा पालन तालिम



सुनसरी । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा यहि पौष १८ गते देखि २२ गतेसम्म झापा जिल्लाको गरामुनी शाखाका ५८ जना गाई पालन गर्ने सदस्यहरुलाई ७ दिने स्थलगत गाई पालन तालिम प्रदान गरिएको छ ।

त्यसैगरी पौष २३ गते देखि २८ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखाका ४० जना कुखुरा पालक सदस्यहरुलाई ५ दिने स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको लघुवित्तले जनाएको छ ।

उक्त तालिमहरु मार्फत ग्रामीण महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्नुका साथ व्यावसायिक पशुपालन तर्फ प्रोत्साहन गर्ने उ२ेश्य राखिएको थियो । यस तालिमबाट सहभागी पशुपालक सदस्यहरुको दीर्३कालिन रुपमा आय वृद्धि हुने विश्वास समेत लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्