फर्स्ट माइक्रोफाइनान्सकाे नाफामा सामान्य सुधार, कस्ता छन् अन्य सूचक? - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

फर्स्ट माइक्रोफाइनान्सकाे नाफामा सामान्य सुधार, कस्ता छन् अन्य सूचक?



काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफा ३४.६४ प्रतिशत बढेकाे छ।

कम्पनीले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५४ प्रतिशत घटेर ९ कराेड ७४ लाख ५४ हजार कायम भउकाे छ भने खुद फि तथा कमिशन आम्दानी ७ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ।

त्यस्तै, यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १३.७८ प्रतिशत घटेर ७ कराेड ७६ लाख ९४ हजारकायम भएकाे छ भने सञ्चालन मुनाफा ३४.६४ प्रतिशत बढेर १० कराेड ५ लाख ९४ हजार रूपैयाँ रहेकाे छ।

समिक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ।नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ६९ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६.५१ गुणा रहेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४ अर्ब ७ करोड ५० लाख रुपैयाँ सापटीबाट ४ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्