प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ७४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २.३७ रुपैयाँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ७४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २.३७ रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्त) सम्ममा कम्पनीले ६२ लाख २६ हजार १३० रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा मात्र ७ लाख ३४ हजार ९५८ रुपैयाँ सीमित थियो। यो अघिल्लो वर्षको तुलनामा ७४७.१५ प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि उल्लेख्य बढेको छ। गत वर्षको पुस मसान्तसम्म १ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क २११.७५ प्रतिशतले बढेर ४ करोड ९ लाख २५ हजार रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कुल आम्दानी ८ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७ करोड २७ लाख रुपैयाँ रहेको छ। कम्पनीको दाबी भुक्तानी (२ करोड ११ लाख २४ हजार रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ०.५६ रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी बढेर २.३७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.१२ रुपैयाँ रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ५४ लाख ३२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख ४३ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीले कुल ६९ हजार ५१६ वटा बीमा पोलिसी जारी गरी १७ करोड ५ लाख ६४ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १० करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्