बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई



काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको हो । पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन् ।


प्रतिक्रिया दिनुहोस्