सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडाैं । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सहित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  

प्रदेश  १ र २ मा कार्यरत कर्मचारीहरू सम्मिलित कार्यक्रम यहि माघ ३ र ५ गते आयोजना गरिएको थियो।  उक्त नियमित प्रशिक्षण  कम्पनीको प्रमुख संचालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख संजिव सिंहले प्रदान गरेका थिए। 

प्रमुख संचालन अधिकृतले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए।

प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली  र निर्देशन बमोजिमको कार्य  प्रभावकारीरुपमा गर्न गराउन, आबश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरुको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो ।

कर्मचारीहरुको क्षमता र सीप अभिवृद्धि  गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन  यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरि उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ  । 

साथै उपस्थित विभागीय प्रमुखहरुले कम्पनिमा अभिकर्ता र ग्राहकहरुलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको  बारेमा केन्द्रित थियो । कर्मचारीहरुको वृद्धिविकासको  लागि यस्तो किसिमको कार्यक्रमहरु देशैभरिका शाखा तथा प्रादेशिक कार्यालयमा गरिने कम्पनीले जनाएको छ।   योसँगै कम्पनीले कार्यरत  कर्मचारीलाई  विदेशमा समेत लगेर विभिन्न किसिमका प्रशिक्षणहरू प्रदान गर्दै आएको छ।

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।


प्रतिक्रिया दिनुहोस्