लुम्बिनी विकास बैंकको खुद नाफा ९३.३२ प्रतिशतले बढ्यो, कस्तो छ बैंकको अन्य सूचक ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा निकै उत्साहजनक छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १४ करोड ७६ लाख १८ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको नाफा ९३.३२ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १५.७५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १९६.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.९१ गुणा रहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको कूल वितरणयोग्य नाफा भने चालू आर्थिक वर्षको पुस मसान्तसम्मको कूल वितरणयोग्य नाफा भने ३१ करोड २२ लाख २ हजार रुपैयाँ देखिएको छ ।
वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६ महिनाको अवधिमा ९४ करोड ७२ लाख २८ हजार रुपैयाँ रहेको छ । गत वर्ष यस्तो आम्दानी ९३ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको थियो ।
बैंकको कुल सम्पत्ति ६६ अर्ब ६ करोड ४६ लाख ३४ हजार रुपैयाँ पुगेको छ भने चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब २० करोड २१ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको देखिन्छ ।
बैंकको वित्तीय सूचकहरू तर्फ खराब कर्जा ६.७८ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४.६८ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८५.९८ प्रतिशत र आधार दर ६.३३ प्रतिशत कायम भएको छ ।
बैंकले आगामी दिनमा खराब कर्जा असुलीमा प्राथमिकता दिने, उच्च मूल्य भएका ग्राहकहरूलाई टिकाइराख्ने र आधुनिक प्रविधिको प्रयोग गरी सञ्चालन खर्च कम गर्ने रणनीति लिएको छ ।














