इमर्जिङ्ग नेपालकाे ५.२६ प्रतशत नगद लाभांश सेयरधनीको खतामा जम्मा
काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि नगद लाभांश वितरण सुरु गरेको छ।
कम्पनीको गत पुस २८ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम ५.२६३१ प्रतिशत (कर सहित) नगद लाभांश वितरण प्रक्रिया अघि बढेको हो।
कम्पनीले पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएका सेयरधनीहरूको हकमा गत माघ १३ गतेदेखि नै रकम जम्मा गरिदिएको जनाएको छ।
यस्तै कम्पनीले हालसम्म पनि बैंक खाता विवरण अद्यावधिक नगराएका वा मर्जर/एक्विजिसनका कारण बैंक खाता परिवर्तन भएका सेयरधनीहरूलाई तत्काल आफ्नो निक्षेप सदस्य कहाँ सम्पर्क राखी खाता अद्यावधिक गराउन अनुरोध गरेको छ। खाता अद्यावधिक भएपछि मात्र लाभांश रकम प्राप्त हुनेछ।
यता जुन सेयरधनीहरूले शेयर धितो राखी कर्जा लिएका छन्, उनीहरूको लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाको ‘नाे अप्जेक्सन लेटर’ वा ‘रिलिज लेटर’ (कर्जा चुक्ता भएको पत्र) अनिवार्य गरिएको छ।
















