८% बोनस र १२.७८% नगद लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्याे साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

८% बोनस र १२.७८% नगद लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्याे साधारण सभा



काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ११ गते ३०औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते (फेब्रुअरी २३, २०२६) काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाबबाट चुक्ता पूँजीको १२.७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) र ८ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन १ गते एक दिनका लागि शेयरधनी दर्ता बुक क्लाेज गर्ने निर्णय गरेको छ। यसअनुसार माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका सामान्य तथा विशेष प्रस्तावहरूमाथि समेत निर्णय गरिनेछ।


प्रतिक्रिया दिनुहोस्