२६ सयको बिन्दुमा झर्यो सेयर बजार, ९ अर्बमा खुम्चियाे काराेबार
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन १७.५३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से आज पनि १९.८५ अंकले घटेको छ।
०.७३ प्रतिशत घटेको नेप्से परिसूचक आज २६ सय ९४ दशमलव २० बिन्दुमा झरेको छ।
नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ। आज ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख ९७ हजार रुपैयाँमा कारोबार भएको छ।
अघिल्लाे काराेबार दिन ३ सय २० वटा कम्पनीका ३ करोड ५४ लाख कित्ता शेयर १४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज व्यापार समुहकाे उपसूचक ०.५५ प्रतिशत बढेकाे छ भने बाँकी सबै उपसमुह घछेका छन् । यसदिन सर्वाधिक हाेटल तथा पर्यटन १.७५ र हाइड्राेपावर १.३६ प्रतिशत घटेकाे छ ।
यसदिन २०१ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ५० कम्पनीकाे सेयर मूल्य बढेकाे छ। यसदिन मिथिला लघुवित्तकाे सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशत बढेकाे छ। यस्तै आज कर्पाेरेट डेभलपमेन्टकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ भने रावा इनर्जी डेभलपमेन्टकाे सेयर मूल्य ९.३४ प्रतिशत घटेकाे छ।













