इन्फिनिटी लघुवित्तको ‘युनाइटेड भिजन, एक्सिलेन्स इन एक्जिक्युसन’ तालिम सम्पन्न, १०० शाखा प्रबन्धक सहभागी
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय, गैडांकोटद्धारा आयोजित शाखा प्रबन्धक कर्मचारीहरुको लागी २ दिने “युनाइटेड भिजन, एक्सिलेन्स इन एक्जिक्युसन” विषयक तालिम माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल मणीग्राममा सम्पन्न भएको छ।
उक्त तालिममा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्त ज्युको अध्यक्षतामा संचालित उक्त तालिममा संस्थाका संचालक शशी तिमल्सीना, सस्थापक पुर्व अध्यक्ष बलराम बिष्टज्यु सबै प्रदेशबाट १०० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरु, १५ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।
उतm तालिम कार्यक्रम मा प्रशिक्षक सहजकर्ताको रुपमा आन्तरिक लेखापरिक्षण विभाग प्रमुख कृष्ण प्रसाद खनालले बैंक वित्तीय संस्थाले पालना गर्नुपर्ने प्रचलित ऐन नियम संस्थाका पोलिसी कार्यान्वयन तथा कैफियत सुधारको अवस्था,कर्जा विभाग प्रमुख श्री अमरनाथ सेडाईले कर्जा बिश्लेषण तथा गुणस्तरीय लगानी, अनुगमन तथा असुली विभाग प्रमुख कुशल खनालले कर्जा जोखिम, खराव कर्जा व्यबस्थापन र निराकरणको उपाय, सुचना विभाग प्रमुख सुभाश कुमार गुप्ताले संस्थाको हालको वित्तीय अबस्था, सिष्टम जोखिम,प्रविधीको प्रयोग र सुरक्षाका उपायहरु, कार्य संञ्चालन तथा वित्त विभाग प्रमुख रितु बानियाले संचालन जोखिम तथा वित्तीय ब्यबस्थापनका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
उक्त कार्यक्रमको उ्दघाटन गर्र्दै प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई हालको समसामयिक विषय, संस्थाको भावी कार्यक्रम, खराब कर्जा व्यवस्थापन विषयमा यस तालिमले हौसला प्रदान गरी आगामी दिनमा वित्तीय संस्थालाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
संचालक तथा संस्थापकहरुले कर्मचारीहरुको दक्षताले मात्रै बैंक सबल बन्न सक्ने, सेवा ग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउदै सेवा ग्राहीलाई उत्कृष्ट सेवा दिने गरि यहां सिकेका कुराहरु व्यवहारमा कार्यन्वयन गर्न निर्देशन गरेका थिए । तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हाशिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा बिकास गर्ने बैंकको उद्धेश्य रहेको बताए ।
तालिममा विभिन्न ४९ जिल्लाका १०० जना शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण कृष्ण प्रसाद खनालले गरेका थिए ।












