एपोलो हाइड्रोपावरले आइपीओ बिक्रीका लागि अनुमति पायो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एपोलो हाइड्रोपावरले आइपीओ बिक्रीका लागि अनुमति पायो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपीओ) बिक्रीका लागि अनुमति प्रदान पाएको छ । कम्पनीलाई अङ्कित मूल्य १०० रुपैयाँका दरले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति बोर्डले अनुमति दिएको हो ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक/एक वटा रहेका छन् ।

बोर्डले चालु आवको हालसम्म ६ अर्ब १ करोड १७ लाख २७ हजार ८०० रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्