२४ भदौ २०८३, बुधबार

ओमोडा एण्ड जेइकाेको ‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प सुरु, पुरानो गाडी साटेर नयाँ चढ्ने अवसर



काठमाडौँ । नेपालका लागि ओमोडा एण्ड जेइकाेको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले देशभरका ग्राहकहरूका लागि ‘एक्सचेन्ज टु अपग्रेड’ नामक विशेष एक्सचेन्ज क्याम्प घोषणा गरेको छ।

यो योजना आगामी फेब्रुअरी ६ देखि ९, २०२६ सम्म चार दिनसम्म देशभर सञ्चालन हुनेछ। यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधनहरू साटेर उत्कृष्ट सेगमेन्टका ओमोडा तथा जेइकुका सवारी साधनहरू खरिद गर्न सक्नेछन्।

सवारी बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा र प्रत्येक बुकिङमा एउटा ‘एमआई’ फोन जस्ता आकर्षक अफरहरू सार्वजनिक गरेको छ। साथै, एक भाग्यशाली जोडीले बम्पर उपहार स्वरूप चीन भ्रमणको अवसर समेत प्राप्त गर्नेछन्।

हाल नेपाली बजारमा ओमोडा एण्ड जेइकुका तीनवटा मोडेलहरू उपलब्ध छन्। जसअनुसार ओमोडा ई५ को मूल्य ५४.९९ लाख रुपैयाँ, जेइकाे जे ५ को ५६.९९ लाख रुपैयाँ र जेइकाे जे६ को मूल्य ६५.९९ लाख रुपैयाँ तोकिएको छ। यी सवारी साधनहरू आफ्नो सेगमेन्टमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, रेन्ज र सुरक्षा विशेषताका लागि चिनिन्छन्।

नेपालमा ओमोडा, जेइकाे र आइकोर ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्‍याउन उच्च गुणस्तरीय र दिगो विद्युतीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।