नेप्सेमा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले ३ प्रतिशत बोनस शेयर दिने भएको छ । सोही कारण नेकोको शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेमा प्रतिकित्ता ६५४.९० रुपैयाँ रहेको नेकोको शेयर मूल्य समायोजन भएर ६३५.८३ रुपैयाँ कायम भएको छ । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
















