नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्वाचित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्वाचित



काठमाडाैं । नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिको कोषाध्यक्ष पदमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन्।

संघको ४५ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनको अवसरमा आगामी दुई वर्षे कार्यकालका लागि क्षेत्रीसहित पाँच सदस्यीय नयाँ प्रबन्ध समिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको सभापतिमा हेम कुमारी अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् भने उपसभापति पदमा जितेन्द्र प्रसाद धिताल र कृष्ण प्रसाद आचार्य तथा महासचिवमा इन्द्र कुमार श्रेष्ठ चयन भएका छन्।

संघको विधान अनुसार सुरुमा ६ जना संस्थागत र ११ जना व्यक्तिगत गरी कुल १७ सदस्यीय कार्यसमिति सदस्यहरूको छनोट गरिन्छ र सोही सदस्यहरूमध्येबाट निर्वाचनको माध्यमद्वारा प्रबन्ध समितिका पदाधिकारीहरू छान्ने व्यवस्था रहेको छ।

सम्मेलनकै अवसरमा नवनिर्वाचित सबै पदाधिकारीहरूलाई निर्वाचनको प्रमाण पत्र वितरण गरिनुका साथै उनीहरूले आफ्नो पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्