होटल फरेस्ट इनको आइपीओमा माग भन्दा ८ गुण बढी आवेदन
काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले सर्वसाधराणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ)मा ८ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले ३३ लाख २० हजार कित्ता शेयर बिक्रीमा राख्दा २ करोड ६३ लाख ६० हजार ५ सय कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्रीमा राख्दा २३ लाख ३० हजार ८६ जनाले आवेदन दिएका थिए ।
कम्पनीले सोबारसम्म आवेदन दिन पाइने समय राखेको थियो । जसमा २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ ।













