आईपीओ निष्काशन गर्दै अप्पर रिचेत हाईड्रोपावर, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आईपीओ निष्काशन गर्दै अप्पर रिचेत हाईड्रोपावर, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त



काठमाडाैं। २ मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रालिले आफ्ना साधारण सेयरहरु आईपीओ मार्फत सार्बजनिक निष्काशन गर्नेभएको छ।

लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्तक्षर गरे।

कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण सेयरहरु निकट भविष्यमै सर्बसाधारणमा निष्काशन गर्नेछ। आइपिओ प्रक्रियाकै लागि कम्पनीले आँफुलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिंङ्गको कार्य पनि अघि बढाएको छ। कम्पनीले आगामी श्रावण÷भाद्र महिनामा आइपिओमा जाने योजना रहेको कम्पनीले बताएको छ।

कम्पनीले २०८१ को भाद्र महिना देखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोरखा जिल्लाको धार्चे गाबिसमा रहेको छ।


प्रतिक्रिया दिनुहोस्