सर्वसाधरणका लागि खुल्याे रिज लाइन इनर्जीकाे आईपीओ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सर्वसाधरणका लागि खुल्याे रिज लाइन इनर्जीकाे आईपीओ



काठमाडौं । रिज लाइन इनर्जीले आज माघ २८ (बुधबार) देखि सर्वसाधरणका लागि आईपीओ निष्कासन खुला गरेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीआो निष्काशन तथा बाँडफाँटपश्चात दाेस्राे चरणमा सर्वसाधरण लगानीकर्ताका लागि १४ लाख २२ हजार कित्ता आईपीओ बिक्रि खुला गरेकाे हाे ।

कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सो आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन १३ गतेसम्म लम्बिनेछ।


प्रतिक्रिया दिनुहोस्