साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घाेषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घाेषणा



काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ


प्रतिक्रिया दिनुहोस्