टक्सार पिखुवा खोला हाइड्रोपावले आइपीओ बिक्रीको अनुमति पायो
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमित पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २० करोड ८० लाख रुपैयाँ बराबरको कुल २० लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्ने बोर्डले अनुमति दिएको छ ।
कम्पनीको चुक्ता पुँजीको २० प्रतिशत शेयर आइपीओ मार्फत बिक्री गर्ने भएको हो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्ने छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।













