युनाइटेड मोदी हाइड्रोपावरकाे ७.३६८ प्रतिशत लाभांश घाेषणा
काठमाडाैं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३६८ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।
फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।
उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
















