३१ आश्विन २०८३, शनिबार

महाराजगन्जको भाटभटेनी सञ्चालनमा आयो 



काठमाडौं । महाराजगन्जको भाटभटेनी सुपर स्टोर आजबाट सञ्चालनमा आएको छ । 

बिहीबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको हो । भवन सञ्चालनमा ल्याउनुअघि घरमा गरिने पूजा जस्तै गरी भवन पवित्र बनाउन लाख बत्ती बालेर वास्तु शान्ति गरिएको थियो । 

भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङले पुनर्निर्माण भवनमा सुरक्षा मापदण्डमा कुनै सम्झौता नगरिएको र अत्याधुनिक प्रविधि प्रयोग गरेर भवनलाई अझ बलियो र सुरक्षित बनाइएको उल्लेख गरेका छन् । 

उक्त भाटपटेनी जेनजी आन्दोलनमा आगजनीबाट क्षति पुगेको थियो ।