सातामा शेयर बजार : चुनावको नजिक १२ अंकले बढ्यो नेप्से - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सातामा शेयर बजार : चुनावको नजिक १२ अंकले बढ्यो नेप्से



काठमाडौं । नेपालको पुँजी बजारमा यस साता केही उतारचढावका बीच सकारात्मक उत्साह देखिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढ्दै जाँदा लगानीकर्ताहरूमा नयाँ सरकार र आर्थिक नीतिको अपेक्षाले बजारलाई प्रभावित पारेको देखिन्छ ।

निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक अस्थिरताको भयभन्दा पनि नयाँ विकासका सम्भावनाहरूलाई बजारले स्वागत गरेको विश्लेषण गर्न सकिन्छ । फागुन १० गतेदेखि १४ गतेसम्मको पाँच कारोबार दिनलाई हेर्दा नेप्से परिसूचकमा समग्रमा १२.७८ अंकको वृद्धि देखिएको छ ।

यस साताको समग्र कारोबारको अवस्थालाई नियाल्दा बजारमा लगानीकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको पाइन्छ । फागुन १० देखि १४ गतेसम्मको ५ दिनको अवधिमा कुल २४ अर्ब ६९ करोड ६५ लाख ५८ हजार ३६० रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ ।

यसलाई दैनिक औसतमा हेर्दा प्रति दिन करिब ४ अर्ब ९३ करोड ९३ लाख ११ हजार ६७२ रुपैयाँ को कारोबार भएको देखिन्छ । साताभर कुल ५ करोड ८४ लाख ८५ हजार ६८१ कित्ता शेयर खरिद–बिक्री भएका छन् । कारोबार संख्याका आधारमा यस साता कुल २ लाख ७० हजार ३८८ पटक कारोबार भएको छ, जसको दैनिक औसत ५४ हजार ७७.६ पटक भएको छ । यस साता औसतमा दैनिक ३२९.८ वटा काराबोरमा आएको छ ।

कुन दिन कस्तो थियो बजार ?
साताको पहिलो दिन आइतबार (फागुन १० गते) शेयर बजारमा उल्लेख्य गिरावट देखिएको थियो । उक्त दिन नेप्से परिसूचक २७.५९ अंक अर्थात् १.०४ प्रतिशतले घट्दा नेप्से परिसूचक २६१४.५५ अंकमा पुगेको थियो ।

उक्त दिन नेप्से परिसूचक उच्चतम २६४२.३७ विन्दु र न्यूनतम २६१०.७० विन्दु सम्म पुगेको थियो । आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँ ४८ पैसा बराबरको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३२४ वटा कम्पनीको शेयर ७२ हजार १०४ पटक कारोबार भएको थियो ।

सोमबार (फागुन ११ गते) बजारले सम्हालिन खोजेको देखियो । शेयर बजार २.४१ अंक अर्थात् ०.०९ प्रतिशतले बढ्दा नेप्से परिसूचक २६१६.९७ अंकमा पुगेको थियो । उक्त दिन बजार उच्चतम २६२७.०६ विन्दु र न्यूनतम २६०८.९५ विन्दु सम्म पुगेको थियो ।

सोमबार ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँ ७७ पैसा बराबरको १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३२९ वटा कम्पनीको शेयर ५६ हजार ३४७ पटक कारोबार भएको थियो ।

मंगलबार (फागुन १२ गते) बजारमा निकै राम्रो सुधार देखियो । यस दिन नेप्से २१.६२ अंक अर्थात् ०.८२ प्रतिशतले बढ्दा परिसूचक २६३८.६० अंकमा पुगेको थियो । उक्त दिन परिसूचक उच्चतम २६३८.६४ विन्दु र न्यूनतम २६१४.२६ विन्दु सम्म पुगेको थियो ।

मंगलबार ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँ ५६ पैसा बराबरको ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३२८ वटा कम्पनीको शेयर ४९ हजार ९३ पटक कारोबार भएको थियो ।

बुधबार (फागुन १३ गते) पनि बजारको वृद्धि यात्रा कायम रह्यो । यस दिन नेप्से १०.३० अंक अर्थात् ०.३९ प्रतिशतले बढ्दा परिसूचक २६४८.९० अंकमा पुगेको थियो । उक्त दिन परिसूचक उच्चतम २६५३.६५ विन्दु र न्यूनतम २६३७.७९ विन्दु को बीचमा रहेको थियो ।

बुधबार ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँ ४१ पैसा बराबरको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३३३ वटा कम्पनीको शेयर ४८ हजार ६४० पटक कारोबार भएको थियो ।

बिहीबार (फागुन १४ गते) साताको अन्तिम दिन पनि बजार सकारात्मक नै रह्यो । यस दिन नेप्से ६.०३ अंक अर्थात् ०.२२ प्रतिशतले बढ्दा परिसूचक २६५४.९३ अंकमा पुगेर बन्द भएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६६६.२२ विन्दु र न्यूनतम २६४६.४३ विन्दु सम्म पुगेको थिया ।

बिहीबार ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ २८ पैसा बराबरको १ करोड ५३ हजार १४५ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन कुल ३३५ वटा कम्पनीको शेयर ४४ हजार २०४ पटक कारोबार भएको थियो ।

समग्रमा, साताको पहिलो दिन उच्च अंकको गिरावट आए पनि बाँकी चारै दिन बजार निरन्तर बढ्दा लगानीकर्ताहरूमा निर्वाचन अगाडिको सकारात्मक उत्साह कायमै रहेको देखिन्छ ।

निर्वाचनले बजारमा थप तरलता ल्याउने र नीतिगत सुधार हुने आशामा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको बुझ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्