शेयर बजारमा पुनः फर्कियो रौनक, साताको अन्तिम दिन २३ अंकले बढ्यो नेप्से - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजारमा पुनः फर्कियो रौनक, साताको अन्तिम दिन २३ अंकले बढ्यो नेप्से



काठमाडौं । शेयर बजारमा पुन रौनक फर्किएको छ । आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः २३.८७ अंकले बढेको छ । 

दुई दिन घटेको बजार आज बढेर बन्द भएको छ । आज नेप्से ०.८५ प्रतिशतले बढेर २८२०.४४ मा परिसूचक पुगेको छ । 

आज दिनभरमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा भने १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३० हजार १५ पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्