शेयर बजारमा उछाल, नेप्से ६४ अंकले बढ्दा २१ अर्ब बढीको कारोबार  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजारमा उछाल, नेप्से ६४ अंकले बढ्दा २१ अर्ब बढीको कारोबार 



काठमाडौं । आज शेयर बजारमा उछाल आएको छ । आज एकै दिन नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ६४.६७ अंकले बढेर बजारमा उछाल आएको हो । 

आज नेप्से २.२९ प्रतिशतले बढेर परिसूचक १८७७ विन्दुमा पुगेको छ । 

आज दिनभरमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा भने २४० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउदा १ लाख ९१ हजार २५१ पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्