२४ भदौ २०८३, बुधबार

सम्पदा लघुवित्तमा जागिर खुल्यो, के चाहिन्छ योग्यता ?



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।

संस्थाले व्यवस्थापकीय र सहायक दुवै श्रेणीमा कर्मचारी मागेको छ ।

वरिष्ठ प्रबन्धक/प्रबन्धक (व्यवस्थापकीय श्रेणी)
यो पदका लागि आवेदन दिन उम्मेदवारले मान्यता प्राप्त संस्थाबाट सीए वा एसीसीए तह उत्तीर्ण गरी सम्बन्धित प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको अधिकृत तहमा कम्तीमा १ वर्ष वा कुनै संगठित संस्थामा कम्तीमा ३ वर्षको कार्यानुभव माग गरिएको छ ।

एनआरबी डाइरेक्टिभ्स, एनएफआरएस रिपोर्टिङ, कर कानून र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको ज्ञान भएकालाई विशेष प्राथमिकता दिइने विज्ञापनमा भनिएको छ ।

सुपरिवेक्षक/वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक (सूचना प्रविधि)
यो पद विशेषगरी सूचना प्रविधि विभाग र केन्द्रीय कार्यालयका लागि खुलाइएको हो ।
मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह (+२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था वा अन्य संगठित संस्थामा कम्तीमा १ वर्षको कार्यानुभव भएको हुनुपर्ने भनिएको छ ।

उमेरको हद र अन्य जानकारी
व्यवस्थापकीय श्रेणीका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने कम्पनीले बताएको छ ।

इच्छुक उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र, हालसालै खिचेको फोटो र बायोडाटा (ऋख्) सहित चैत २२ गतेभित्र संस्थाको केन्द्रीय कार्यालयमा भौतिक रूपमा वा संस्थाको इमेल ठेगानामा आवेदन दिन सक्नेछन् ।