२४ भदौ २०८३, बुधबार

एनआइसी एसिया लघुवित्तका सिइओले दिए राजीनामा, कामु सिइओ को ?



काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

संस्थाको सञ्चालक समितिको २६०औँ बैठकले जोशीले दिएको राजीनामा मिति चैत ८ गते आइतबार बिहान ९:०० बजेदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ । जोशी संस्थाको २२२औँ सञ्चालक समितिको बैठकबाट नियुक्त भई २०८१/०४/०३ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत थिए ।

जोशीको राजीनामासँगै संस्थाको रिक्त सिइओ पदमा मेष बहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ । हाल संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत (डिपुटी सिइओ) पदमा कार्यरत रहेका बस्नेतलाई सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि चैत ८ गतेदेखि नै लागू हुने गरी कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।