हिमालयन रिइन्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन रिइन्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा



काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका गोल्छाले गत फागुन २५ गते नै आफ्नो राजीनामा बुझाएका थिए।

गोल्छाले दिएको उक्त राजीनामालाई कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले औपचारिक रूपमा स्वीकृत गरिसकेको छ।

यद्यपि, गोल्छाले एकाएक अध्यक्ष पदबाट राजीनामा दिनुको ठोस कारण भने अहिलेसम्म खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्