उद्योग वाणिज्य महासंघ निर्वाचन : अध्यक्ष अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघ निर्वाचन : अध्यक्ष अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहले आफ्नो प्यानल घोषणा गरेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भए तापनि अन्य पदाधिकारी पदमा श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

आफ्नो नेतृत्वमा महासंघलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पसहित श्रेष्ठले पदाधिकारीका उम्मेदवारहरूको नामावली तय गरेका छन् ।

श्रेष्ठ समूहबाट प्यानलमा रहेका उपाध्यक्षका उम्मेदवारहरू छन् । जसमा कृष्ण प्रसाद शर्मा जिल्ला नगर तर्फका उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, प्रवल जंग पाण्डे एसोसिएट तर्फ र दिल सुन्दर श्रेष्ठ जिल्ला नगर तर्फबाट र शिव प्रसाद घिमिरे वस्तुगत संघ तर्फबाट उपाध्यक्षका उम्मेदवार छन् ।

वस्तुगत संघको लागि कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन् ।

अञ्जन श्रेष्ठले आफ्नो समूहलाई ’सबल र सक्षम’ टिमको रूपमा प्रस्तुत गर्दै निजी क्षेत्रको हकहितका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी साधारण सभाबाट यो समूहले महासंघको नेतृत्वदायी भूमिकाका लागि प्रतिस्पर्धा गर्नेछ ।

महासंघको निर्वाचन यहि चैत्र ३० गते हुनेछ । महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका वस्तुगत सदस्यका उम्मेदवारहरू यस प्रकार छन्:

अरनिको राजभण्डारी

रविन पुरी

राजकुमार कार्की

वसन्तचन्द्र मरहट्टा

सुनिता न्हेमाफुकी

संघर्ष विष्ट

रघुनन्दन मारु

राजेशभक्त श्रेष्ठ

होम प्रसाद घिमिरे

धन प्रसाद लामिछाने

धर्मराज सापकोटा

कृष्णप्रसाद अवाले

एब बहादुर थापा

विश्वनाथ खनाल

नानीराज घिमिरे

ध्रुब बहादुर गौतम

नेतृत्वको क्षमता र आवद्धता

शिवप्रसाद घिमिरे नेपाली निजी क्षेत्रमा एक ’एक्सन ओरिएन्टेड’ र तार्किक नेतृत्वका रूपमा परिचित छन् । उनको व्यावसायिक पृष्ठभूमि र महासंघभित्रको सक्रियतालाई यस निर्वाचनमा मुख्य बलका रूपमा हेरिएको छ ।

व्यावसायिक अनुभव: नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्षका रूपमा उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

वस्तुगत संघको आवाज: साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पुर्‍याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन् ।

समन्वयकारी व्यक्तित्व: सरकार र निजी क्षेत्रबीचको संवादमा स्पष्ट र निडर प्रस्तुति राख्न सक्ने क्षमता उनको रहेको छ ।

“भाषण होइन, परिणामका लागि उम्मेदवारी“ – शिवप्रसाद घिमिरे

उम्मेदवारी घोषणाका क्रममा उपाध्यक्षका उम्मेदवार घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“वस्तुगत संघहरू महासंघका मेरुदण्ड हुन्, तर उनीहरूले पाउनुपर्ने अधिकार र प्राथमिकता पाउन सकेका छैनन्। मेरो टिमले यी संघहरूको आवाजलाई महासंघको मूलधारमा स्थापित गर्नेछ।“, उनले भने ।

“वर्तमान आर्थिक संकटका बेला उद्योगी व्यवसायीहरू हतोत्साहित छन्। हामीले व्यवसायीको खस्किएको मनोबल उकास्न र व्यवसाय गर्ने वातावरण निर्माण गर्न ठोस काम गर्नेछौँ।“ भनेर उनले बताएका छन् ।

“हाम्रो समूह भाषणमा भन्दा पनि काममा विश्वास गर्छ। अञ्जन श्रेष्ठको गतिशील नेतृत्व र हाम्रो टिमको अनुभवले महासंघलाई नयाँ उचाइमा पुर्‍याउनेछ।“, उले घोषणा गरेका छन् ।

यो प्यानल घोषणासँगै महासंघको चुनावी सरगर्मी थप चुलिएको छ । घिमिरेको समूहले अब छिट्टै देशव्यापी रूपमा विभिन्न वस्तुगत संघहरूसँग अन्तक्र्रिया र चुनावी प्रचार अभियान सुरु गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्