१४ श्रावण २०८३, बिहिबार

डिप्रोक्स लघुवित्तद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण



काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको तानसेन पाल्पा शाखा रम्भा गा.पा ४ पाल्पाले जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।  

अमर आधारभूत विद्यालयमा बाल कक्षादेखि सात कक्षासम्म अध्ययनरत सम्पूर्ण अनुशासित तथा जेहेन्दार सम्पूर्ण छात्र–छत्रालाई लघुवित्तले ब्याग वितरण गरेको हो । 

बालबालिकाहरूलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्कुल झोला वितरण कार्यक्रम बुधवार कार्यक्रममा वित्तीय संस्थाको अध्यक्षमा दीपक खनाल, प्रमुख कार्यकारी अधिकृत शेष रमन आचार्य र नायब कार्यकारी अधिकृतमा पुष्प अधिकारी रहनु भएको थियो ।

साथै स्थानीय प्रतिनिधि एवम् संस्थाको लुम्बिनी प्रदेश प्रमुख अर्जुनप्रसाद पोखरेल, लुम्बिनी प्रदेश अनुगमन अधिकृत धर्मेन्द्र प्रसाद चौधरी, तानसेन शाखा प्रमुख प्रदीप खनाल (नवराज) एवम्  तानसेन शाखाका कर्मचारीहरू सागर कोइराला र राजेन्द्र प्रसाद भुसाल सहभागी थिए । 

विद्यालय सल्लाहकार समिति सदस्य मिलन काफ्ले, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी तथा अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो । स्कुलको तर्फबाट झोला वितरण कार्यक्रम गरेर संस्थाले पुर्‍याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै आगामी दिनहरूमा समेत सहयोगको अपेक्षासहित उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको थियो ।  

कार्यक्रममा  तानसेन शाखाको प्रबन्धले उपस्थितिहरूलाई थप मनोरञ्जनका साथै हास्य ब्याङग्य प्रस्तुतिसमेत गरे ।