सेयर बजारमा पहिरोः नेप्से ७१ अंकले घट्यो, कारोबार भने १५ अर्ब माथि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा पहिरोः नेप्से ७१ अंकले घट्यो, कारोबार भने १५ अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारि गिरावट आएको छ । आज ७१.०५ अंकले घटेर २.४० प्रतिशतले झरेको छ। अघिल्लो दिन १४.२१ अङ्कले बढेर २ हजार ९५० दशमलव १६ विन्दुमा पुगेको नेप्से आज २८ सय ७९ दशमलव ११ बिन्दुमा पुगेर रोकिएको छ।

सबै समुहका उपसूचक घटेकोमा आज वाणिज्य बैंक २.८७, विकास बैंक २.८९, फाइनान्स ३.३८, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, म्युच्युअल फण्ड ०.२८, नीर्जिवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार समुहको उपसूचक ३.०१ प्रतिशतले घटेका छन् ।

यस दिन परिसुचक घटेपनि कारोबार रकम भने बढेको छ। आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर खरिद बिक्रि हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लाे काराेबार दिन गत बिहिबार ३ करोड ४ लाख कित्ता शेयर १३ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको थियो ।

यस दिन १० कम्पनीको मात्रै सेयर मूल्य बढेकोमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिज लाइनको सेयर मूल्य १० प्रतिशत र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.९८ र होटल फरेस्ट इनको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस्