बालेन सरकार आएको दोस्रो दिन पनि नेप्से ४७ अंकले घट्यो
काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि खुलेको दोस्रो दिनको कारोबार पनि घटेर बन्द भएको छ ।
आइतबार ७१ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज सोमबार पनि ४७.७१ अंकले घटेको छ। १.६५ प्रतिशतले घटेको पेप्से आज २८ सय ३१ दशमलव ३९ किन्दुमा रोकिएको छ।
आज सबै समुहका उपसूचकहरु घटेका छन् । यसदिनको कारोबारमा सर्वाधिक व्यापार २.५६, अन्य २.१३ र फाइनान्स समुहको उपसूचक २ प्रतिशतले घटेको छ। यस्तै हाइड्रोपावर १.९३, वाणिज्य बैंक १.८६, निर्जिवन बीमा १.८२, लगानी समुह १.५९, जीवन बीमा १.४०, माइक्रो फाइनान्स १.३०, विकास बैंक १.२४ र होटल तथा पर्यटन समुहको उपसूचक १.१८ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार पनि खुम्चिएको छ। आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर खरिदबिक्रि हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजो ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर खरिद बिक्रि हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
२६ कम्पनीको सेयर मूल्य बढेकोमा आज ५ कम्पनिको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सुपरखुदी हाइड्रोपावरको ९.९९, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ९.९८ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ।













