८ महिनामा ३७.७ प्रतिशतले बढ्यो रेमिट्यान्स, मध्यपुर्वकाे युद्धले अब के हाेला ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

८ महिनामा ३७.७ प्रतिशतले बढ्यो रेमिट्यान्स, मध्यपुर्वकाे युद्धले अब के हाेला ?



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनदेखि फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।

विगत १ महिना अघिदेखी जारी इसरायल इरान युद्धकाे कारण मध्यपुर्वका देशहरूमा तनाव उत्पन्न हुँदा त्याहा कार्यरत नेपाली श्रमिकहरू मारमा परेका छन् ।

रेमिट्यान्सकाे सबैभन्दा ठुलाे हिस्सा ओगटेका मध्यपुर्वका देशहरूमा भएकाे हिंंसाले आगामी दिनमा रेमिट्यान्समा गिरावट आउने विश्लेसकहरूकाे दावी छ ।


प्रतिक्रिया दिनुहोस्