८ महिनामा विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुग्यो
काठमडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई ३ खर्ब ७८ अर्ब ६६ करोड कायम भएको छ ।
फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेकोछ ।













