१० अर्ब आन्तरिक ऋणपत्र बिक्री गर्दै सरकार  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

१० अर्ब आन्तरिक ऋणपत्र बिक्री गर्दै सरकार 



काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ‘विकास ऋणपत्र–२०८८’ बिक्री गरेर ऋण उठाउने भएको हो । 

सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । 

उक्त ऋणपत्र ६ वर्षे अवधिको हुने छ । ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल चैत २५ गते हुने तय गरिएको छ भने चैत २६ गतेदेखि निष्कासन हुने भएको छ । 

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै सर्वसाधारण नेपाली नागरिकले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्