मुस्ताङबाट एलसी खोलेर आयात गर्न अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मुस्ताङबाट एलसी खोलेर आयात गर्न अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्पmत सामान आयात गर्ने सुविधामा मुस्ताङलाई पनि समावेश गरेको छ । यससँगै मुस्ताङको कोरला नाका भएर सामान आयात गर्न बाटो खुलेको छ ।

यसअघि सिन्धुपाल्चोकको तातोपानी भन्सार र रसुवा भन्सार (टिमुरे)बाटमात्रै प्रतितपत्रका आधारमा सामान आयात गर्ने सुविधा थियो । यी नाकाहरुभन्दा कोरला नाका बढी सुरक्षित र बाह्रै महिना सञ्चालन गर्न सकिने भएको त्यस नाकालाई समेत पूर्णस्तरमा सञ्चालन गर्न यो निर्णयले काम गर्ने छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार मुस्ताङ्ग भन्सारबाट पनि प्रतितपत्रका आधारमा सामान आयात गर्न पाइने सुविधा दिएको हो ।


प्रतिक्रिया दिनुहोस्