शेयर बजारमा उछाल, नेप्से ४५ अंकले बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजारमा उछाल, नेप्से ४५ अंकले बढ्यो



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ४५.१२ अंकले बढेको छ । आज नेप्से १.६३ प्रतिशतले बढेर २८०२.५२ विनदुमा पुगेको छ ।

आज दिनभरमा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार बन्द हुँदा भने २५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेके छ ।

दिनभरमा ३४६ वटा कम्पनी कारोबारमा आउदा ९८ हजार १६२ पटक शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्