अनरले नेपाली बजारमा सार्वजनिक गर्यो ‘म्याजिक अफ ८’ सिरिज, कति पर्छ मूल्य ?
काठमाडौं । नेपालका प्रविधि प्रेमीहरूका लागि अनरले आफ्नो बहुप्रतिक्षित ‘म्याजिक अफ ८’ सिरिज अन्तर्गतका नयाँ उत्पादनहरू आधिकारिक रूपमा बजारमा ल्याएको छ। कम्पनीले अनर म्याजिक ८ प्रो, अनर एक्स८डी र अनर प्याड एक्स८बी गर्वका साथ सार्वजनिक गरेको हो।
शक्तिशाली प्रदर्शन, अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आकर्षक डिजाइनको सङ्गम मानिएको यो सिरिजले प्रयोगकर्ताको डिजिटल अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
यस नयाँ लाइनअपको मुख्य आकर्षणको रूपमा अनर म्याजिक ८ प्रो रहेको छ, जुन विशेष गरी प्रविधिमा उत्कृष्टता चाहनेहरूका लागि तयार पारिएको हो। यसमा २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा छ, जसले हरेक दृश्यलाई जीवन्त र स्पष्ट कैद गर्दछ। फोनमा नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर र ७१०० एमएएच (मिली एम्पियर आवर) को शक्तिशाली ब्याट्री जडान गरिएको छ, जसले गर्दा प्रयोगकर्ताले अत्यन्तै स्मूद कार्यसम्पादन र लामो समयसम्म पावरको अनुभव गर्न पाउनेछन्।
स्मार्ट अनुभवका लागि म्याजिक ८ प्रोमा एआई स्क्रिन सजेसन, एआई फोटो एजेन्ट र एआई सेफ्टी इन्ह्यान्समेन्ट जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्। नेपालमा यस फोनको प्रि-बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ। प्रि-बुकिङ गर्ने ग्राहकहरूले सीमित अवधिका लागि ३० हजार रुपैयाँ बराबरको अनर प्याड एक्स८बी निःशुल्क प्राप्त गर्नेछन्। उक्त प्याडमा ११ इन्चको अनर आई कम्फर्ट फुलभ्यू डिस्प्ले, १०१०० एमएएचको ठूलो ब्याट्री र प्रिमियम मेटल बडी रहेको छ।
स्टाइल र पावर खोज्नेहरूका लागि कम्पनीले अनर एक्स८डी ल्याएको छ। अल्ट्रा-स्लिम डिजाइनमा उपलब्ध यस फोनमा ७००० एमएएचको ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ सुविधा छ। यस फोनको विशेषता भनेको यसमा रहेको ‘स्मार्ट एआई बटन’ हो, जसले एआई समरी, सर्कल टु सर्च, एआई सुपर जुम र एआई इरेजर जस्ता फिचरहरूमा तुरुन्त पहुँच दिन्छ। १०८ मेगापिक्सेल क्यामेरा, २ मिटरको ड्रप रेसिस्टेन्स र आईपी ६५ के वाटर रेसिस्टेन्सले यसलाई टिकाउ र भरपर्दो बनाएको छ।
बजारमा अनर एक्स८डी दुईवटा भेरियन्टमा उपलब्ध छ। ८ जीबी प्लस १२८ जीबी मोडेलको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८ जीबी प्लस २५६ जीबी मोडेलको मूल्य ४३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। लन्चको अवसरमा सीमित अवधिका लागि प्रत्येक खरिदमा ३ हजार ९९९ रुपैयाँ मूल्यको ‘अनर चोइस इयरबड्स एक्स७ई एक्टिभ’ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। स्लिम, स्मार्ट र शक्तिशाली यो ‘म्याजिक अफ ८’ सिरिज अहिले नेपालभरका आधिकारिक अनर स्टोरहरूमा उपलब्ध छ।
















