बैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ ल्याउँदै सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

 बैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ ल्याउँदै सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज



काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आगामी बैशाख २१ गतेदेखि आफ्नो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका नेपाली नागरिकहरूका लागि यो अवसर प्रदान गर्न लागेको हो। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले मात्र यस चरणमा सहभागी हुन पाउनेछन्।

कम्पनीले कुल ३४ करोड रुपैयाँ बराबरको जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोही स्वीकृत परिमाणमध्ये १० प्रतिशत हुन आउने ८५ हजार कित्ता शेयर (मूल्य ८५ लाख रुपैयाँ) अहिले वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइएको हो। यसले डायस्पोरामा रहेका नेपालीहरूलाई स्वदेशी उद्योगमा लगानी गर्ने बाटो प्रशस्त गरेको छ।

इच्छुक लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

दिने म्याद छिटोमा बैशाख २४ गतेसम्म तोकिएको छ भने उक्त समयभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा निष्कासन अवधि जेठ ४ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत सजिलै आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्