१० श्रावण २०८३, आइतबार

लुम्बिनी विकास बैंकको नाफामा उछाल, खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड नाघ्यो

लुम्बिनी विकास बैंकको नाफामा उछाल, खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड नाघ्यो



काठमाडौँ । राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा ५६ करोड १८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ।

बैंकले सार्वजनिक गरेकाे तेस्रो त्रैमासकाे अपरिष्कृत वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा बैंककाे तुलनामा १०२८.६७ प्रतिशत बढेकाे हाे ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ मात्र सीमित थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.२६ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १७ लाख १६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै, बैंकको सञ्चालन मुनाफा ७९ करोड ८८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको १० करोड रुपैयाँको तुलनामा निकै उच्च हो।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको छ। नाफामा आएको सुधारसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ह्वात्तै बढेर २० रुपैयाँ ६७ पैसा पुगेको छ। गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ रुपैयाँ ८३ पैसा मात्र थियो।

बैंकको खराब कर्जा ६.४९ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २४ गुणा रहेको छ। यस्तै, बैंकको पूँजी पर्याप्तता अनुपात १४.६१ प्रतिशत र तरलता अनुपात २७.०४ प्रतिशत रहेको छ।

बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५६ अर्ब २ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब २९ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।