सर्वसाधारणका लागि आजदेखि खुल्याे याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सर्वसाधारणका लागि आजदेखि खुल्याे याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ



काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज बैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दाका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै छुट्याइएको थियो।

साथै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीहरूका लागि बाँडफाँट गरिसकिएको छ। बाँकी रहेको १७ लाख ४३ हजार कित्ता साधारण शेयर अब सर्वसाधारण लगानीकर्ताहरूले खरिद गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो निष्काशन छिटोमा बैशाख २२ गते बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा बैशाख ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्