माउन्ट एभरेष्ट पावर डेभलमेन्टको आइपीओ खुल्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माउन्ट एभरेष्ट पावर डेभलमेन्टको आइपीओ खुल्यो



काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज, वैशाख १७ गतेदेखि आफ्नो साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ कुल जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यो शेयर पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको छ ।

कुल निष्काशन गरिएको शेयरमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी २० प्रतिशत अर्थात् १७ लाख २० हजार कित्ता सर्वसाधारणका लागि विनियोजन गरिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत (१ लाख ७२ हजार कित्ता) भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित राखिएको छ । स्थानीयतर्फ सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित बासिन्दाका लागि ३ लाख ४४ हजार कित्ता र सोही नगरपालिकाका अन्य वडाहरूका लागि ५ लाख १६ हजार कित्ता शेयर छुट्याइएको छ ।

यस आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २३ गतेसम्म र आयोजना प्रभावित स्थानीयले वैशाख ३१ गतेसम्म आवेदन दिन पाउने समय सीमा तोकिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य एनआइएमबि एस क्यापिटल लिमिटेडले गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्