विदेशमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीले कुल ८ लाख ५० हजार कित्ता मध्ये ८५ हजार कित्ता शेयर यस समूहका लागि छुट्याएको हो । जसको मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताले वैशाख २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
















